प्रधानन्यायाधीशलाई मात्रै महाअभियोग लाएर हुँदैन : ओली
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा वा महाभियोगले मात्रै न्यायिक सुधार नहुने बताएका छन् ।

जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको बार एशोसिएशनका पदाधिकारी र सदस्यहरुसँगको छलफलमा ओलीले सो कुरा बताउनु भएको हो।
वहाँले बालकोट पुगेको नेपाल बारको टोलीसंग महाभियोग लगाउने भए असार २८ मा भएको फैसला गर्ने सबै न्यायाधीशलाई महाभियोग लगाउनुपर्ने धारणा समेत राख्नुभएको थियो।ओलीले प्रधानन्यायाधीशमाथि महाभियोग नै लगाउनुपर्ने अवस्था भए पहिला सत्तारुढ गठबन्धनले प्रस्ताव ल्याउनपर्ने बताउनुभयो। गठबन्धनले प्रस्ताव ल्याएमात्रै आफूहरुले त्यसबारेमा राय बनाउने सन्देश ओलीले बार पदाधिकारीलाई दिनुभएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेतासँग भेटेर अदालतको समस्या र बारको माग बारे अवगत गराएका थिए। आजको भेटमा बार सदस्यहरुले ओलीलाई जबरालाई महाभियोग लगाउन सहयोग मागेका थिए।
वरिष्ठ अधिवक्ता शम्भु थापाले ओलीलाई जबरालाई महाभियोग लगाउनु पर्ने कारणका बारेमा ब्रिफ गरेका थिए। जवाफमा ओलीले भन्नुभयो, ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदैमा वा उनको राजीनामाले मात्रै न्याय क्षेत्रमा देखिएको समस्या सुधार हुँदैन।’

