सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा

काठमाडौंँ । पूर्व सहकारी मन्त्री पद्मा अर्यालले सहकारी संस्थाको क्रियाकलापमा साधारण सदस्यले चनाखो भएर हेर्नु पर्ने बताएकी छन् । कुनैपनि संस्थालाई अगाडि लैजान साधारण संस्थाको महत्वपुर्ण भुमिका रहने बताएकी अर्यालले संस्थाको सञ्चालक समितिलाई जिम्मेवारी पूर्वक सञ्चालनको लागि सचेत गराउनु समेत साधारण सदस्यको कतब्र्य रहेको धारणा राखेकी छन् ।
सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा प्रमुख आतिथिको रुपमा सहभागी पुर्व मन्त्री अर्यालले सहकारीको महत्वको बिषयमा चर्चा समेत गरेकी छन् ।
राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा थाम्सुहाङ सुब्बा र पुर्व मिस नेपाल सुगारिका के.सील उत्प्रेरणा र नेतृत्व विकास प्रशिक्षण समेत दिएको कार्यक्रममा सहकारकिा बालबचतकर्ता बालबालिकालाई गितार उपहार प्रदान गर्दै उत्कृष्ट सदस्यको रुपमा सम्मान समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा सहकारी बैंकका सञ्चालक सरिता भट्टराई, राष्ट्रिय सहकारी महासंघका संचालक टेक प्रसाद चौलागाईं, राष्ट्रिय सहकारी बैंक बानेश्वर शाखाका प्रमुख विष्णु गिरी लगायत लगायतको उपस्थिती रहेको कार्यक्रममा निर्वाचन मार्फत लेखा संयोजक विपिन कार्की र सदस्यको रुपमा सकिला निरौला निर्वाचित भएका छन् ।
कार्यक्रममा सहकारीका तर्फबाट अर्याल नेकपा नेकपा एमालेको हालै सम्पन्न अधिवेशनबाट सचिवमा निर्वाचित हुनु भएकोमा बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरिएको थियो ।
४५९३ सदस्य रहेको सहयात्री साकोसले २७ करोड बराबरको कारोबारबाट ५९ लाख २० हजार खुद मुनाफा गर्न सफल भएको छ । कार्यकारी अध्यक्ष खेम सुवेदी रहेको सहकारीले ग्रामीण लघुबित्त पद्धति अनुशरण गर्दै लघुबित्त कार्यक्रम सञ्चालन गरेको संस्थाले काठमाडौ उपत्यकाभर कार्यक्षेत्र विस्तार, ग्रामीण इलाकामा सेवा केन्द्र थप र विभिन्न सदस्य मैत्री नयाँ कार्यक्रमको घोषणा गर्दै सभा सम्पन्न गरेको छ ।


