गोल्छाले लिए हिमालयनको रिको अध्यक्षको शपथ
हिमालयन रि इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष शेखर गोल्छाले शपथ लिएका छन् । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गोल्छालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

गोल्छा कात्तिक २६ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट कम्पनीको अध्यक्षमा नियुक्त भएका थिए । अध्यक्षमा नियुक्त भएपछि बीमा समितिमा आयोजित कार्यक्रममा गोल्छाले शपथ लिएका हुन् । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई०का अध्यक्ष समेत हुन् ।
बीमा समितिले यही वर्षको जेठ १७ गते हिमालयनलाई पुनर्बिमा कम्पनीको लाइसेन्स दिएको थियो । कम्पनीको कात्तिक २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारणका लागि साधारण सेयर ९आईपीओ० ल्याउने प्रस्ताव समेत पारित गरेको थियो ।

