भृकुटीमण्डपमा २६ गतेदेखि ‘फुटवेयर बिजनेस एक्स्पो’ आयोजना हुने
फुटवेयर म्यानुफ्याम्चरर्स एशोसियसनले जुत्ता चप्पल मेला आयोजना गर्ने भएको छ ।

‘फुटवेयर बिजनेश एक्सपो–२०२१’ नामाकरण गरेर एशोसियसनले कार्तिक २६ देखि मंसिर १३ सम्म मेला आयोजना गर्न आएको हो ।मेलामा ३० कम्पनीका १ सय बढी स्टल रहने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।
उनका अनुसार मेलामा नयाँ तथा पूराना ब्राण्डका जुत्ता चप्पलमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ
दैनिक ७ हजार ५ सय जोर जुत्ता बिक्रि हुने र मेला अवधि भरमा २ करोड बढीको कारोबार गर्ने लक्ष्य एशोसियसनको छ । एशोसियसनले मेलाकै लागि भनेर ५० लाख बढी लगानी गर्ने जनाएको छ । भृकुटीमण्डपमा मेला आयोजना गर्न एशोसियसनले समाजकल्याण परिषदलाई दैनिक ६० हजार रुपैयाँ तिर्नेछ ।
मेलामा स्टल राखेवापत कम्पनीहरुले छुट्टै शुल्क तिर्नु नपरेपनि खर्च भाग लगाएर ३० कम्पनीले व्यहोर्ने संयोजक उपाध्यायले जानकारी दिए । मेलामा ३ हजार ब्राण्डका जुत्ता चप्पल एउटै छानामुनि उपभोक्ताले रोजिरोजी पाउने उनको भनाई छ ।
जुत्ता चप्पल उद्योगमा १८ अर्ब माथिको लगानी रहने जुत्ता मेलामा १० लाख बढीले मेलाको अवलोकन गर्ने दाबी आयोजकको छ ।

