माओवादी केन्द्रलाई गुण्डाहरुले पनि हेप्न थालेको अध्यक्ष प्रचण्डको गुनासो



काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई गुण्डाहरुले पनि हेप्न थालेको गुनासो गरेका छन्।

माओवादी केन्द्र थिमि भक्तपुरले आज तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीमा अवसरवादीहरु हावी हुँदा माओवादीलाई काम न काजका गुण्डाहरुले पनि हेप्ने दिन आएको उनको भनाइ थियो ।

‘शान्ति प्रकृयामा आएपछि पार्टीमा विकृति भित्रियो । हाम्रा कमरेडहरु पनि अरु जस्तै विग्रन थाले । यस्तो अवस्थामा पार्टीमा फुट जस्ता घटनाहरु भएर कमजोर हुँदा काम गुण्डाहरुले पनि हेप्ने दिन आयो,( प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्