देउवा आज बेलायत जाँदै, खांणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गर्दै छन् । ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री देउवाको अनुपस्थितिमा गृहमन्त्री बालकृष्ण खाँण उनको कार्यवहाकको भूमिकामा रहनेछन् । वर्तमान सरकारमा उपप्रधानमन्त्री छैनन् । मन्त्रिमण्डलमा खाँण दोस्रो वरीयतामा छन् । बालुवाटार स्रोतका अनुसार खाँणले कार्यवाहक पाएका हुन् ।
“वरीयतामा जो दोस्रो छ, उसैले नेतृत्व गर्छ,” स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बाह्रखरीसित भने ।

