आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै,यस्ता छन् एजेन्डा




काठमाडौं- नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक  बस्दैछ। तुल्सीलाल अमात्य स्मृति भवनमा बिहान ११ बजेपछि बस्ने बैठकले बिहीबारको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बिहीबारको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो। एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १०औं महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि चयन गर्ने भएको छ।

आजको बैठकले गएको ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा पनि गर्ने छ भने १०औं राष्ट्रिय महाधिवेशनको बारेमा समेत थप छलफल गर्ने ज्ञवालीले बताए।

प्रतिक्रिया दिनुहोस्