माओवादी केन्द्र समाजवादीकाे केन्द्रीय समितिकाे विस्तारित बैठक सम्पन्न

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादीकाे दुई दिने केन्द्रीय समितिकाे विस्तारित बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ ।

काठमाडौं बाैद्धजाेरपाटीस्थित याङ्ग्रीमा हाेटलमा कार्तिक ५ र ६ गतेकाे दुई दिने विस्तारित बैठक तथा प्रशिक्षणात्मक कार्यक्रम हिजाे सम्पन्न भएको हो । उक्त दुई दिने केन्द्रीय समितिकाे विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमकाे पहिलो दिन पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी “सुशील” ले राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । आठ पेज लामाे प्रस्तावमा अध्यक्ष सुशीलले “वैज्ञानिक समाजवाद स्थापनाकाे वर्तमान कार्यभार” बिषय समेट्नुभएको छ।
राष्ट्रिय राजनीतिक जन-परामर्श सम्मेलनबारे, कम्युनिस्ट सम्मेलनमा क) पार्टी एकता र माेर्चा निर्माणकाे प्रश्न, ख) नेतृत्व र उत्तराधिकारीकाे प्रश्न, ग) वर्गीय दृष्टिकोण र दक्षता र दक्षतायुक्त नेतृत्व, उत्तराधिकारी, घ) प्रत्याबहन र अनुमाेदन र ङ) स्वागत, स्वच्छीक विश्राम र सम्मान अभियान त्यसैगरी महाधिवेशन बारे, समाजवादी जनजागरण लगायतका विषयहरू समावेश गरिएको थियाे ।
पार्टी अध्यक्षकाे प्रस्ताव प्रस्तुति पश्चात् पार्टीका वरिष्ठ नेता तिलक थापा मगर, उपाध्यक्ष विनाेद कुमार उपाध्याय, पार्टीका केन्द्रीय सचिब त्रय सिंह बहादुर बि.क.,अरुण घिसिङ र मेघ बहादुर खत्री, स्थायी समिति सदस्य त्रय धर्मराज बि.क., भाेजराज त्रिपाठी र बिहानी बि.क., क्रान्तिकारी गणतान्त्रिक खेलकुद माेर्चाका संयाेजक कुमार याक्खा राई, स्थायी समिति सदस्य तथा प्रवास व्यूराे इन्चार्ज जनक कामी सागर, स्थायी समिति सदस्य तथा १ नम्बर प्रदेश अध्यक्ष जुरीलाल माेचीलगायतले पार्टीको नीति तथा कार्यक्रम,वैचारिक-रणनीतिक-सैद्धान्तिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भयाे ।
दाेस्राे दिन पार्टी अध्यक्ष सुशीलद्वारा प्रस्तावित प्रस्तावमाथि पार्टीका राजनीतिक परिषद सदस्यहरु मिना चन्द, याेगेश राल्फाली, रमेश थपलिया, गणेश गाेतामे, केन्द्रीय सदस्यहरु राजकुमार बि.क., सुदिनराज बाेगटी, लेखनाथ न्याैपाने, भिमात मगर, श्याम बि.क., सुमन गुरुङ र भानुभक्त बि.क. लगायत उपस्थित केन्द्रीय सदस्यहरुले अा-अाफ्ना विचार प्रस्तुत गरेका थिए । बैठकमा प्रस्तुत प्रस्तावमाथि उपस्थित सम्पूर्ण राजनीतिक परिषद सदस्यहरु र केन्द्रीय सदस्यहरुले व्यापक रुपमा उठाएका सुझावसहितका प्रश्नहरुकाे जवाफ पार्टी अध्यक्ष सुशीलले जवाफ दिईसकेपछि सर्वसम्मतले पारित गरिएको थियो ।
दुई दिनसम्म चलेकाे उक्त बैठकले अागामी मंसिर ४ गते काठमाडौं राष्ट्रघाती अमेरिकी परियाेजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन खारेजीकाे माग गर्दै वृहत् जनसभा गर्ने समेत निर्णय गर्याे । बैठकमा अध्यक्ष सुशीलद्वारा प्रस्तुत समसामयिक प्रस्तावहरु १. हालै भएको बेमौसमी अविरल वर्षाबाट पाँचथर, इलाम, खाेटाङ, साेलुखुम्बु, हुम्ला, कालीकाेट, बैतडी, डाेटी, दार्चुला, कैलाली, माेरङ, सुनसरी, उदयपुर लगायतका जिल्लामा भएको १ सय ४ जना भन्दा बढीकाे मृत्यु भएकाे छ भने दर्जनौं बेपत्ता भएकोमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका घरपरिवारलाई उचित क्षतिपूर्तिकाे व्यवस्था र घाइतेलाई नि:शुल्क उपचार, बेपत्ता जनकाे यथाशीघ्र खाेजीकाे पहल गर्न साथै सम्पूर्ण किसानहरुलाई उचित क्षतिपूर्तिकाे व्यवस्था गर्न याे बैठक जाेडदार माग गर्दछ, २. राष्ट्रघाती अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) खारेज गर्न जाेडदार माग गर्दछ, ३. भारतीय “एसएसबी” बाट हुने गरेको ज्यादतीकाे घाेर निन्दा र भत्सर्ना गर्दै ज्यादती राेक्न बैठक माग गर्दछ, ४. पेट्रोलियम पदार्थमा गरेकाे मूल्य वृद्धि तत्काल फिर्ता गर्न मात्र गर्दछ, ५. हालै बुटवलमा सुकुम्बासी माथि गरेकाे ज्यादतीकाे घाेर विरोध गर्दै सुकुम्बासीकाे उचित माग संबाेधन गर्न सरकारसँग माग गर्दछ, ६. स्वास्थ्य, शिक्षा र राेगजारीकाे व्यवस्था गर्न सरकार समक्ष माग गर्दछ, ७. महिला माथि हुने हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दछ, ८. चितवन जिल्लाकाे भरतपुर उपमहानगरपालिका-४, लंकुस्थित दुर्गा मन्दिरमा प्रवेश गर्न पाउनुपर्छ भनेकै कारण कुटपिट गरी भिम बहादुर विश्वकर्माकाे घटना स्तरमै मृत्यु भएको घटना गैर न्यायीक भएकाेमा घटनाकाे घाेर भत्सर्ना गर्दै दाेषीलाई हदैसम्मको कारबाहीको माग गर्दछ, ९. श्रमिकलाई जीवन निर्वाह गर्न पुग्ने तलब (श्रममूल्य) को व्यवस्था गर्न माग गर्दछ र १०. आर्थिक हाय कम भएका नागरिकलाई सहुलियत दरमा रासन उपलब्ध गराउन रासन कार्डकाे व्यवस्था गर्न माग जस्ता माग प्रस्तावहरु सर्वसम्मतले पास गरेकाे छ ।
पार्टी अध्यक्ष सुशीलकाे अध्यक्षतामा भएको उक्त विस्तारित बैठक पार्टी महासचिव नरेश शाहीले सञ्चालनमा सम्पन्न भएको थियाे ।

