बंगलादेशमा दुर्गापूजास्थलमा तोडफोड, कम्तिमा ३ जनाको मृत्यु
बंगलादेशमा एक फेसबुक पोस्टका कारण भड्किएको हिंसापछि केही दुर्गापूजा स्थलमा तोडफोड भएको छ । सो क्रममा अल्पसंख्यक हिन्दुका १५० परिवारमाथि हमला भएको छ । सो हमलामा परी कम्तिमा ३ जनाको मृत्यु भएको छ ।

बंगलादेशको कोमिल्ला जिल्लामा एक पूजास्थलमा कुरानको अपमान भएको अफवाह फैलिएपछि सो घटना भएको बताइएको छ ।
हिंसा भड्किएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले केही हिन्दु मन्दिर, घर र पसलमा तोडफोडमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।
बंगलादेशका करिब १५ करोड जनसंख्यामा ८।५ प्रतिशत हिन्दू छन् । विश्व हिन्दु परिषदसहितका केही संस्थाले सो घटनाको कडा निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

