सोलुदुधकुण्ड : बारानेका २४ घर बाढी पीडितलाई राहत बितरण



सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिका वडा नं ७ स्थित बाराने टोलका पहिरो पीडितलाई राहत बितरण गरिएको छ।

नगरपालिकाका उपमेयर कल्पना राई र जिल्ला समन्वय समिति सदस्य मानबहादुर श्रेष्ठको उपस्थितिमा पहिरो पीडित २४ परिवारलाई सोमबार राहत बितरण गरिएको हो। नेपालीहरुको महान चाड बडादशैंको अवसरमा शुभकामना आदानप्रदानसहित बितरित राहत सामाग्रीको ब्यबस्थापन सोही वडाका वडाध्यक्ष लालमान श्रेष्ठ र वडा सदस्य ग्याल्जेन शेर्पाले गर्नुभएको थियो।

राहत स्वरुप २४ घर स्थानीयहरुलाई प्रतिघर चामल एक बोरा तथा दाल, मर मसला समेत उपलब्ध गराईएको एमाले सोलुखुम्बुका नेता बीरउदास श्रेष्ठले जानकारी दिनुभयो । गत साउन २४ गते आएको बाढीका कारण बारानेका २ घर ढल्नुका साथै अन्य २२ घर बिस्थापित भएका थिए।

प्रतिक्रिया दिनुहोस्