आसेपासेलाई मन्त्री बनाएको भन्दै जसपा कार्यकर्ताले अध्यक्ष यादवलाई पर्सा प्रवेश गर्न नदिने



पर्सा। आफ्ना आसेपासे र आन्दोलनमा योगदान कम भएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै आफ्नै कार्यकर्ताहरुले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन्।

मन्त्रपरिषद्‍ विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले शुक्रबार साँझ यादवको पुतला दहन गरेका हुन्।

प्रदर्शनकारीले अध्यक्ष यादव मुर्दावाद जस्ता चर्को नारा लगाएका थिए। शुक्रबार विस्तारित मन्त्रीमण्डलमा मधेश आन्दोलनको उर्वरभूमि पर्साबाट कसैलाई नसमेटीएकोमा उनीहरूको आरोप छ।

यस्तै उनीहरूले पर्सामा अध्यक्ष यादवलाई प्रवेश निषेध गर्ने चेतावनी समेत दिएका छन्। ६ महिना लामो मधेश आन्दोलनको अगुवाई गर्ने पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाइनु पर्सालाई उपेक्षा गरिएको प्रदर्शनकारीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्