उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव घरमै नजरबन्दमा



उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव घरमै नजरबन्दमा परेका छन् । उनको घर बाहिर ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  उनले आइतबार लखिमपुर खिरीमा मन्त्रीका छोराले किसानहरुको भीडमा गाडीले हानेर ८ जनाको हत्या गरेपछि सो क्षेत्र अशान्त छ ।

यादवले आफू सोमबार लखिमपुर खिरी जाने घोषणा गरेका थिए । उनले सोमबार बिहानै पार्टी कार्यालयमा वरिष्ठ नेताहरुलाई बोलाएका थिए । तर त्यसअघि नै प्रहरीले उनलाई घरमै नजरबन्द गरेको हो ।

लखिमपुरमा भएको घटनाको विरोधमा आज केही नेताहरु त्यहाँ जाँदैछन् । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले लखिमपुर जाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्