नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत लाभांश स्वीकृत



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । बीमा समितिले कम्पनीलाई १९ प्रतिशत लाभांश वितरण गर्ने स्वीकृत दिएको हो ।

कम्पनीको सञ्चालक समितिको असार ७ गते सम्पन्न बैठकले चुक्ता पूँजीको १६.५० प्रतिशत बराबरले हुन आउने एक अर्ब ६५ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ३.५० प्रतिशत बराबरको ३५ करोड रुपैयाँ नगद नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर, कम्पनीले प्रस्ताव गरेको उक्त लाभांशलाई बीमा समितिले परिमार्जन गर्न निर्देशन दिएको थियो । बीमा समितिले परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएपछि कम्पनी सञ्चालक समितिको बैठकले १६.५० प्रतिशत बोनस शेयर र कर सहित २.५० प्रतिशत मात्र नगद वितरण गर्ने प्रस्ताव गरेको थियो । समितिको निर्देशनपछि पहिले प्रस्तावित लाभांशमा १ प्रतिशत नगद लाभांश घटेको थियो । सोही लाभांश समितिबाट स्वीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्