कांग्रेस क्रियाशील सदस्यता विवाद अब पांच जिल्लाको मात्रै बांकि



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप तीन जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

सर्लाही, धनुषा र कैलालीको सदस्यता विवरण समितिले सार्वजनिक गरेको हो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको विवाद टुंग्याउन गठित समितिले लामो कसरतपछि सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ र धनुषा निर्वाचन क्षेत्र नम्बर–४ को विवाद टुंग्याएको हो ।

निर्वाचन समितिका सचिव केशव रिजालले विवाद टुंग्याएर सदस्यता विवरण समितिलाई प्राप्त भएपछि वेभसाइटमार्फत् सार्वजनिक गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्