सिटिजन्स बैंकले सेयर धनीलाई १६ प्रतिशत लाभांश दिने



काठमाडौँ । आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागू हुने गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने भएको छ।

शुक्रबार बसेको ३७५ औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई ०७७।७८ मुनाफाबाट १६ प्रतिशत लाभांश (३।०८७ नगद र १२।९१३ बोनस सेयर) स्वीकृत गरेको छ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार १२।९१३ प्रतिशतका दरले हुन आउने १,६२४,०५०,८९१।१० बराबरको बोनस सेयर वितरण गर्ने र ३।०८७ प्रतिशतका दरले हुन आउने ३८८,२५६,८०७।२४ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी बैंकले कुल रु २०१,२३,०७,६९८।३४ वितरण गरिनेछ। चुक्ता पुँजी १२ अर्ब ५७ करोड रहेको बैंकले जनाएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर आफ्ना १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ एकाइबाट साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्