गार्मा र तिङला स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री

सोलुखुम्बु । जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाले २ वटा स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले गार्मा स्वास्थ्य चौकी र तिङला स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको हो । माहामारीको समयमा सबै स्वास्थ्य संस्थाहरु म्जबुत होस भन्ने उदेश्यले २ वटा अक्सिजन कन्सन्ट्रेटर र तथा अन्य स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गदै मेयर नाम्गेल जाङबु शेर्पाले नागरिकहरुको स्वास्थ्य प्रति आफु संबेदनशिल भएको बताउँनुभयो । प्रयाप्त सामाग्री भएमा कोरोना संक्रमितको समेत उपचार गर्न सकिने उहाको भनाई छ । स्रोतसाधनले भ्याएसम्म अधिकत्म गुणस्तर सेवा दिने प्रतिबद्धता समेत गर्नुभयो ।


