पेल्माङ बिकासका लागि सहयोगी हातहरुले बांड्यो १ सय १२ बोरा चामल

काठमाडौं।पेल्माङ बिकासका लागि सहयोगी हातहरुले राजधानी काठमाडौंमा राहत बितरण गरेको छ।

सोलुखुम्बु जिल्लाको दुर्गम गाउँपालिका महाकुलुङ गाउँपालिकामा काम गर्दै आएको सो संस्थाले शुक्रवार राजधानीमा राहत बितरण गरेको अध्यक्ष मच्छिन्द्र राईले जानकारी दिए। गोर्लिज- पेल्माङ ई.भि.जर्मनीको आर्थिक सहयोग महाकुलुङबाट काठमाडौं आई विभिन्न ठाउँमा बसोबास गर्दै आएका आर्थिक रूपमा बिपन्न, विद्यार्थी,ट्रेकिङ मजदुरहरुलाई सो राहत बितरण गरिएको हो। राईका अनुसार राहत स्वरुप १ सय १२ जनालाई ३० किलोको दरले १ सय१२ बोरा चामल बितरण गरिएको छ।
सो संस्थाले कोरोना भाईरसको महामारी सुरु भए यता पटकपटक राहत बितरण गर्दै आएको छ।

