प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ्गलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गर्ने निर्णय

काठमाडौं । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको मर्जररएक्विजिसन (प्राप्ति) समितिको सिफारिस बमोजिम नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र अनुमोदन गर्ने निर्णय गरेको हो । क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई राष्ट्र बैंकले ९ माघ २०६९ मा समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो ।

