इमर्जेन्सी लाइटमा लुकाएर ल्याएको करिब एक किलो सुनसहित विमानस्थलबाट शाही पक्राउ



काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७७० ग्राम सुनजस्तो देखिने धातुसहित बिहीबार साँझ एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोल्पाकाे ठुलो भेरी नगरपालिका-७ घर भएका ३३ वर्षीय बिष्णु बहादुर शाही रहेका छन् ।
फ्लाई दुबईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र इमर्जेन्सी लाइटमा लुकाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।

यसका साथै उक्त धातु लिन आएका स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्