धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि छानबिन हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भिष्मराज ढुंगानामाथि छानविन हुने भएको छ। सरकारले धितोपत्र बजारको नियामक निकाय(सेबोन)को नेतृत्वमा रहेकै बेला छोरीको नाममा सेयर खरिद गरेको भन्दै विवाद भएपछि छानविन गर्न जाँचबुझ समिति गठन गरेको हो।

सर्वोत्तम सिमेन्ट कम्पनीले बुक विल्डिङ विधिबाट मूल्य निर्धारण गरी आईपीओ जारी गर्ने तयारी गरेपछि अध्यक्ष ढुंगाना विवादमा तानिएका थिए। ढुंगानाले छोरीको नाममा उक्त कम्पनीको ११ हजार ९ सय १२ कित्ता सेयर खरिद गरिएको (इन्साइडर ट्रेडिङ) थियो। उनले छानबिनमा सघाउन भन्दै राजीनामा दिइसकेका छन्।

