साहस उर्जाको आइपिओका लागि मागभन्दा झण्डै दोब्बर आवेदन



खगिन्द्रराज बास्तोला
काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयका लागि जारी गरेको साधारण शेयर (आइपिओ)मा झन्डै दोब्बर संख्याका लागि आबेदन परेको छ।

आइपिओको आवेदन भर्ने अन्तिम दिन शुक्रबारसम्म झन्डै २० हजार माथिका आवेदकबाट करिब सांढे उनान्सत्तरी लाख कित्ताका लागि आवेदन परेको कम्पनीको जनाएको छ।यसमध्ये सी-आस्वाबाट आबेदन दिनेको संख्या १८ हजार ३ सय ४२ छ भने सोलुखुम्बुमा तोकिएका बैंक शाखाहरुबाट फर्ममार्फत आवेदन गर्नेहरुको संख्या यकिन भइ सकेको छैन।यद्यपि फर्ममार्फत झन्डै २५ सय आवेदन परेको कम्पनीले अनुमान गरेको अध्यक्ष हिम पाठकले जानकारी दिए।स्थानीयका लागि ३५ करोडको आईपिओ जारी भएकोमा सी-आश्वाबाट ६६ करोड ५ लाख ४३ हजार परेको छ भने झण्डै ३ करोड ५० लाख रुपैयाँको आवेदन फर्म मार्फत परेको अनुमान छ।

साहस उर्जा कम्पनीले गत साउन २९ गतेदेखि स्थानीयका लागि खुला गरेको थियो।स्थानीयको लागि छुट्टयाईएको आईपीओ बाँडफाँड असोज पहिलो साता हुनसक्ने बताईएको छ।

साहस उर्जाले धितोपत्र बोर्डबाट १ करोड ५ लाख कित्ता साधारण शेयर (आईपीओ) जारी गर्न अनुमति पाएको थियो । जसमध्ये ३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको शेयर प्रभावित जिल्ला सोलुखुम्बुका लागि जारी गरिसकेको छ । अब ७० लाख कित्ता अर्थात ७० करोड बराबरको आईपीओ देशभरीका सर्वसाधारणको लागि खुल्ला गर्ने पनि पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्