साहस उर्जाको आईपिओ भर्ने आज अन्तिम दिन, बिहिवारसम्म मागभन्दा १२ लाख बढी कित्ताका लागि आवेदन

काठमाडौं।साहस उर्जा लिमिटेडले सोलुखुम्बुका स्थानीयका लागि निष्काशन गरेको साधारण सेयरका लागि बिहिबारसम्म १५ हजार ६ सय ३८ आबेदकबाट ४७ लाख १२ हजार ९०कित्ताका लागि आवेदन परेको छ।

कम्पनीले साउन २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ३५ लाख कित्ता आइपिओका लागि आवेदन गरेकोमा बन्द हुनु अघिल्लो दिनसम्ममा सो संख्यामा आवेदन परेको कम्पनीका अध्यक्ष हिम पाठकले जानकारी दिनुभयो। सो संख्या मागभन्दा १२ लाख १२ हजार ९० कित्ता बढी हो।माग भन्दा बढी आवेदन परेका कारण सो कम्पनीको सेयर भर्ने आजै अन्तिम दिन हो।
आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने ब्यबस्था गरिएको छ।
आवेदकले सोलुखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा,नेपाल इन्भेष्टमेण्टको लुक्ला शाखा,लक्ष्मी बैंकको मुग्ली र नेले शाखा,माछापुच्छ्रे बैकको सल्लेरी शाखा तथा प्राइम कर्मशियल बैंकके रमिते शाखाबाट आवेदन दिन सक्नेछन् ।
साथै सि आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर मार्फत पनि आइपीओमा आवेदन गर्न सक्नेछन् । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सोलुुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

