साहस उर्जाको आइपिओमा हालसम्म ३३ लाख कित्ताका लागि आवेदन, अन्तिम म्याद भोलिसम्म

काठमाडौं । साहस उर्जा लिमिटेडले सोलुखुम्बुका स्थानीयका लागि निष्काशन गरेको साधारण सेयरका लागि बुधबारसम्म ११हजार ६ सय ५५ आबेदकबाट ३३ लाख कित्ताका लागि आवेदन परेको छ।

कम्पनीले साउन २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ३५ लाख कित्ता आइपिओका लागि आवेदन परेको बन्द हुनु दुइदिनसम्म ३३ लाख कित्ताका लागि आवेदन परेको कम्पनीका अध्यक्ष हिम पाठकले जानकारी दिनुभयो। कम्पनीको सेयर भर्ने अन्तिम मिति भोलि शुक्रवार छ। भदौ ११ गते सम्ममा पनि आईपीओ विक्री नभएमा आवेदकले भदौ २७ गतेसम्म आवेदन गर्न सक्ने सूचना यसअघि प्रकाशित थियो। भोलिसम्म ३५ लाख कित्ताका लागि आवेदन परेमा म्याद नथपिने अध्यक्ष पाठकले जानकारी दिनुभयो ।पाठकले कम्पनीको सेयर भर्न इच्छुक स्थानीयलाई छिटो आबेदन दिन पनि आग्रह गर्नुभएको छ
आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने ब्यबस्था गरिएको छ।
आवेदकले सोलुखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा,नेपाल इन्भेष्टमेण्टको लुक्ला शाखा,लक्ष्मी बैंकको मुग्ली र नेले शाखा,माछापुच्छ्रे बैकको सल्लेरी शाखा तथा प्राइम कर्मशियल बैंकके रमिते शाखाबाट आवेदन दिन सक्नेछन् ।
साथै सि आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर मार्फत पनि आइपीओमा आवेदन गर्न सक्नेछन् । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सोलुुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

