ओमान र अमेरिकासंगको एकदिवसीय सिरिजका लागि १७ सदस्यीय नेपाली टोली घोषणा



काठमाडौंं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको हो ।

क्यनले घोषणा गरको टोलीमा राष्ट्रिय टिममा गुलशन झाले स्थान बनाएका छन् । मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका उनी पहिलो पटक टिममा परेका हुन् ।

यस्तै टिमबाट कमल सिंह ऐरी र शाहब आलम बाहिरिएका छन् । नेपाली टोली सिरिजका लागि मंगलबार ओमान प्रस्थान गर्ने छन् ।

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग सेप्टेम्बर ५ मा पहिलो र सेप्टेम्बर ८ दोस्रो एकदिवसीय क्रिकेट खेल्नेछ ।

नेपाली टिम :
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ, रोहित कुमार पौड्यल छन् ।

प्रतिक्रिया दिनुहोस्