नेपाल समूहको बैठक भोलिसम्मका लागि स्थगित



काठमाडौं, २१ साउन ।निकै चासोका साथ हेरिएको नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठक केहि समय बसेर भोलिसम्मका लागि स्थगित भएको छ।

वरिष्ठ नेता नेपालको अध्यक्षतामा बुद्धनगरस्थित् क्वालिटी ब्यांकेटमा बसेको बैठकमा माधव नेपालसहित डा. विजय पौडेल, दिनेश राई, झपट रावल, बलराम बाँस्कोटा, सावित्रा भुषाल, अरुण नेपाल, ठाकुर गैरे, नागेन्द्र चौधरी, भानुभक्त जोशीलगायतले बोलेको बताईएको छ।

बैठकपछि मिडियाकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नेता रघुजी पन्तले आजको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका कामहरुको र भैरहेको कुराहरुको बारेमा समिक्षा भएको सुनाए ।

उनले एकताको प्रक्रिया र वार्ता अघि बढिरहेको कुरा पनि उल्लेख गरे । उनले भने,‘केही सहमति भएका छन् र केही बाँकी छन् । यो विषयमा हामी स्थायी कमिटीमा निरन्तर छलफल गरिरहेका छौं । एकता हाम्रो ईच्छा हो । चाहना हो । हामी एकता र सहमतिको लागि वार्तामा सामेल छौं, र एकताको लागि प्रयासरत छौं भन्नुभयो ।’
आजको थिए । केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्