१४औं महाधिवेशन : प्रतिबद्धता र नियतमाथि प्रश्न उठेको भन्दै नेतृत्वलाई ४२ युवाको चेतावनी

काठमाडौं।नेतृत्वको महाधिवेशनप्रतिको प्रतिबद्धता र नियतमाथि प्रश्न उठेको भन्दै कांग्रेसका ४२ जना युवा नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएका छन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति देउवालाई बुझाईएको ध्यानाकर्षण पत्रमा उनीहरूले आफुहरुले उठाएका मागहरूको सुनिस्चितता नभए केन्द्रीय कार्यालय सानेपा र पार्टीका ७७ वटै जिल्ला कार्यालयहरुमा घेराउ, धर्ना र अनशन लगायतका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’मार्फत ध्यानाकर्षण बुझाउनेमा रञ्जित कर्ण, मनोजमणि आचार्य, श्रीराम लामिछाने, नेता सुवासकुमार पोखरेल, सुरजराज काफ्ले, दीपक भट्टराई, रीता खनाल, प्रतिमा गौतम, सन्ताेष पाण्डेसहित ४२ जना छन् ।

