सभापति देउवाले क्रियाशील सदस्यताको फाईल लुकाउने गरेको वरिष्ठ नेता पौडेलको आरोप



काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले घोषित मितिमै महाधिवेशन नभए भदौ २३ पछि देउवालाई सभापति मान्न नसकिने बताएका छन् ।

सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौडेलले महाधिवेशन हुन नसके वर्तमान पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने र देउवा नेतृत्वको केन्द्रीय समिति ‘बदर’ हुने चेतावनी दिंदै सो कुरा बताएका हुन।

सभापति देउवाले महाधिवेशन हुन्छ, हुन्छ भनेपनि महाधिवेशन गराउन ठोस अग्रसरता नदेखाएको बताउंदै नेता पौडेललेआगामि भदौ २३ गतेभित्र पार्टीको महाधिवेशन गर्ने वातावरण बनाउन आग्रह पनि गरे।

‘मैले पहिलेदेखि नै भन्दै आएको छु कुनै जालझेलले हुदैन । भदौ २३ सम्म महाधिवेशन गर्न नसके पार्टीको वैधानिकतामाथि प्रश्न उठ्नेछ । त्यतिबेला न सभापति, न केन्द्रीय समिति , न जिल्ला न क्षेत्र, हामी कोही कुनै पदमा रहदैनौ’, बैठकमा पौडेलले भने । पौडेलले सभापतिलाई महाधिवेशनको आश्वासन देखाएर क्रियाशील सदस्यताको फाइल लुकाउने काम बन्द गर्न समेत चेतावनी दिए । ‘महाधिवेशन हुन्छ,हुन्छ, हुन्छ भन्नी तर काम केही नगर्ने ? समायोजनका नाममा कहाँ कति थप्दा जितिन्छ, जिल्ला छानी छानी मान्छे हाल्ने ? हामीलाई लिस्ट हेर्न पनि नदिने, यो अराजकता मान्दैनौ’, पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्