ग्लोबल आइएमई ब्यांकका सात नयाँ शाखा

ग्लोबल आइएमई ब्यांक लिमिटेडले बुधबारदेखि सात नयाँ शाखा सञ्चालनमा ल्याएको छ। ब्यांकले काठमाडौंको सीतापाइला, बालाजु र अशनमा नयाँ शाखा सञ्चालन गरेको हो। त्यस्तै ललितपुरको धोबीघाट, भैंसेपाटी, भक्तपुरको गठ्ठाघर, धादिङको धादिङबेसीमा एकैदिन शाखाको शुरुआत गरेको छ। नयाँसँगै ग्लोबल आइएमई ब्यांकको शाखा संख्या २८० पुगेको छ।

ब्यांकका ७६ जिल्लामा २४८ एटीएम, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित ब्यांकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय छन्। आफ्ना २३ लाखभन्दा बढी ग्राहक भएको ब्यांकले जनाएको छ।

