क्रियाशिल सदस्यता विवादबारे यस्तो छ पौडेल समूहको धारणा

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल पक्षले क्रियाशील सदस्यता विवादित रहेका स्थानहरुमा पुरानै क्रियाशील सदस्यताले काम चलाएर अघि बढ्न माग गरेको छ ।

मंगलबार (आज) पूर्व महामन्त्री प्रकाशमान सिंह निवास चाक्सिबारीमा बसेको पौडेल पक्षको भेलाले त्यस्तो माग गरेका हुन् ।
आजको बैठकपछि बोल्दै कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विवाददित ठाउँहरुमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यहरु नै कायम गरेर अघि बढ्ने बारेमा छलफल भएको बताए ।‘मापदण्ड पुगेका क्रियाशीललाई सदर गरौं। विवादित ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गरौं’, नेता केसीले भने ।
नेता केसीले बारा, सप्तरीलगायत जिल्ला र करिब एक सय वडामा क्रियाशीलबारे विवाद रहेको र तत्काल समाधान नहुने देखिए पूरानै क्रियाशील सदस्यताबाट काम चलाएर अघि बढ्नेबारेमा छलफल भएको बताए ।
आजको बैकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्यहरु रामशरण महत, अर्जुननरसिंह केसी र डा. मिनेन्द्र रिजाल लगायत नेताहरुको उपस्थिती रहेको थियो ।
त्यसैगरी आजको बैठकमा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू समेत बैठकमा उपस्थित रहेको थिए ।

