प्रचण्डसंगको भेटवार्तापछि माधव नेपालले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं। नेकपा एमालेको झलनाथ खनाल- माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बुधबार बस्नेभएको छ।

एमाले नेत्री पार्बती थापाको निवासमा मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेपछि नेता नेपालले बुधबार विहान ११ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएका हुन। बैठकले पार्टीलाई मिलाएर जाने वा विभाजन गर्ने विषयमा टुंगो लगाउने बताइएको छ ।
पछिल्ला केही दिनयता विघटित कार्यदलका सदस्यहरुले एकताका लागि दुई शीर्ष नेताबीच भेटवार्ता गराउने प्रयास जारी राखेकै बेला सार्वजनिक मञ्चबाट शीर्ष नेताले आक्रामक अभिव्यक्ति दिएका थिए ।
त्यसलगत्तै नेपाल पक्षको स्थायी कमिटिले पार्टी विरोधी गतिविधि र अभिव्यक्ति नदिने निर्णय गरेको थियो । नेपाल पक्षले ओली पक्षले पार्टी एकताको प्रयास जारी रहेका बेला एकलौटी रुपमा निर्णयहरु गरेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेको छ । सोमबार मात्रै पनि ओली पक्षले एकलौटी बैठक राखेर विभिन्न विभाग गठन गरेको छ ।

