स्थायी समिति बैठक : एमालेले गठन गर्‍यो विभिन्न नै बिभाग (कुन बिभागमा को?)



काठमाडौं।नेकपा एमाले स्थायी कमिटीले सोमबार ९ वटा विभाग गठन गरेको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको एमाले स्थायी बैठकले संगठन, स्कुल, प्रचार, विदेश मामिलासहितका ९ विभागका प्रमुखसहित केही सदस्य मनोनयन गरेको हो ।

बैठकले स्कुल विभाग अध्यक्ष ओली जिम्मेवारी दिएको छ भने संगठनमा उपमहासचिव विष्णु पौडेल, संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, आर्थिकमा विष्णु रिमाल, प्रचारमा प्रदीप ज्ञवाली, विदेशमा डा. राजन भट्टराई, निर्वाचनमा अग्नि खरेल, पर्यटनमा भानुभक्त ढकाल र स्थानीय तहमा देवेन्द्र दाहाललाई प्रमुख तोकेको छ ।

त्यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले भदौ २७ र २८ मा विधान महाधिवेशन गर्नुका साथै राष्ट्रिय महाधिवेशन अन्तर्गत असोज ३ गते वडा र ९ गते सबै गाउँ तथा नगर कमिटीको अधिवेशन गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले २३ फागुनमा एमाले ब्यूँताएपछि सो पार्टीले २८ फागुनमा दशौं महाधिवेशन ६ मंसिर २०७७ मा गर्ने निर्णय गरेको थियो । त्यसअनुसार तल्लो कमिटीहरुको अधिवेशन तालिका पनि बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्