एमालेमै फर्किईन प्रदेश सांसद वली



बुटवल ।माओवादी केन्द्रसँग नजिक रहँदै आएकी लुम्बिनी प्रदेश सदस्य विमला खत्री वली आफू एमाले संसदीय दलमा रहेको बताएकी छन्।

केहिदिन सम्पर्क बिहिन रहेकी वलीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफू एमाले संसदीय दलमा रहेको बताएकी हुन्। नेकपाबाट निर्वाचित भएको हुनाले जता पनि खुल्न सक्ने सुविधा उनलाई छ।उनले यसअघि माओवादी केन्द्र रोजेकी थिइन ।

एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपा अस्तित्वमै रहँदा सोही पार्टीबाट उनले चुनाव जितेकी थिइन्। पति उत्तरकुमार वलीको मृत्यु भएपछि तत्कालीन नेकपाबाट उपचुनाव लडेर उनी प्रदेशसभा सदस्य भएकी थिइन्।नेकपा बन्नुअघि उनी एमालेमै आबद्ध थिइन्

प्रतिक्रिया दिनुहोस्