एमाले स्थायी समिति बैठक आज बस्दै



काठमाडौं।एकता कार्यदलका सदस्यहरुको आग्रहपछि हिजो स्थगित भएको नेकपा (एमाले) स्थायी कमिटी बैठक आज बस्ने भएको छ। गर्ने भएको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पार्टीको आन्तरिक समस्या समाधानको प्रयास र प्रगतिबारे बैठकमा व्रिफिङ गरेका थिए । नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद त्यागेमा मात्र आफू एमालेसँग एक भएर जाने बटमलाइन सुनाएपछि पार्टीको आन्तरिक विवाद अब नसल्टिने करिब पक्का भएको छ । यद्यपि आज बैठक अघिसम्म सहमतिको प्रयास जारी राख्ने विश्वास गरिएको छ ।

बैठक आज तीन बजेकालागि पुनः बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् । शनिबार करिब पौने घण्टा चलेको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक विवाद समाधानकै विषयमा केन्द्रित भएर छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्