नेपाल पक्षको अनुरोधपछि एमाले स्थायी समिति बैठक, ओलीले भोलि सम्म मात्रै कुर्ने



काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ । वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुको आग्रह पछि एमाले स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो।

पार्टी एकताका लागि परिस्थिति मिलाउन भन्दै आजको बैठक रोकिए पनि भोलिबाट नपर्खने जनाउ एमाले अध्यक्ष ओलीले नेपाल समूहलाई दिएको बताईएको छ।यसअघि बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा राखिएको थियो ।

शनिबार नै एमाले एकताका लागि गठित कार्यदल सदस्यहरुले संसदीय दलको उपनेताको कार्यालय सिंहदरबारमा पार्टी एकताबारे साढे २ घण्टा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्