माधव नेपालसंग एमाले अध्यक्ष ओली झन आक्रोशित, दिए देशद्रोहीको संज्ञा

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई देशद्रोहीको संज्ञा दिंदै त्यस्तालाई एमालेमा कुनै स्थान नभएको बताएका छन्।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले अरु बाटो बिराएकाहरु भने पार्टीमा फर्कने सक्ने बताए।
माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने। आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन,’ उनले भने।
‘आउनुस् यो पार्टी हामी सबै जनाको हो। जो अउँदैन, आउँदैन। समय कुर्दैन,’ ओलीले भने। अदालतको फैसलापछि आफूहरू पूर्व पार्टीमा फर्किएको र एमालेका माधव नेपालसहितका केही नेताहरूले एमाले छाडेको ओलीले बताए। ‘पार्टी छाडेको हो उनीहरूले। एकीकरण गलत थिएन। केही मान्छेहरूले पार्टी छाडे।
प्रचण्ड एण्ड कम्पनीले पार्टी छाडे,’ सम्बोधनको क्रममा ओलीले भने, ‘हामी पूर्व नाममै फर्किएका हौं। पूर्व एमाले, पूर्व माओवादी पनि एकीकृत भावनाका साथ यो पार्टीमा हुनुहुन्छ।’

