एमाले स्थायी कमिटी बैठक बस्दै,यस्ता छन् एजेन्डा



काठमाडौं।नेकपा एमाले स्थायी कमिटीको बैठक आज अपरान्ह ३ बजेका लागि बोलाईएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बस्ने बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण/वितरण सम्बन्धमा छलफल गर्ने तयारी छ।
एमालेले यही साउन २५ गते विधान महाधिवेशन गर्दै छ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तथा एकताका लागि धेरै दिन पर्खिन नसकिने बताएको भोलिपल्ट स्थायी कमिटीको बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्