बाबुराम भट्टराईलाई गिरफ्तार गरेर कारबाही गर्न नेपाल डेमोक्रेट युनियनको माग

काठमाडौं।नेपाल डेमोक्रेट युनियनका संयोजक सिद्धार्थ गौतमले धार्मिक-सामाजिक द्वन्द्व निम्त्याउने षड्यन्त्र गरे वापत जसपाका नेता डा.बाबुराम भट्टराईलाई देशको कानून बमोजिम तत्काल गिरफ्तार गरी सजाय दिनुपर्ने बताएका छन् ।

भट्टराईले हालै एक ट्वीटमार्फत पुनः हिन्दू धर्मप्रति घृणा फैलाउने दुष्प्रयास गरेकोप्रति नेपाल डेमोक्रेट युनियनको तर्फबाट भर्तसना गर्दै एक बिज्ञप्तिमार्फत उनले आगामी दिनमा उनलाई सामाजिक एवं राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइनु जरुरी रहेको धारणा अघि सारेका छन।
उनले बिज्ञप्तिमा अगाडी भनेका छन्, -हिन्दू धर्म प्रति घृणा, अपमान र विद्वेष फैलाउन निरन्तर सक्रिय रहँदै आएका कुख्यात धर्मद्वेषी डा. बाबुराम भट्टराईले हालै एक ट्वीट मार्फत पुनः हिन्दू धर्मप्रति घृणा फैलाउने दुष्प्रयास गरेकोमा नेपाल डेमोक्रेट युनियन तीव्र भर्तसना गर्दछ ।
माओवादका नाममा १७ हजार नेपालीको ज्यान लिन नहिचकिचाएका कम्युनिष्ट भट्टराईले नेपालमा जातीय द्वन्द्व मच्चाउन बारम्बार प्रयास गर्दै आएका र स्वयं क्रिश्चियन भैसकेका कारण हिन्दू धर्मप्रति घृणा र अनास्था फैलाउँदै नेपालमा धार्मिक द्वन्द्व मच्चाउने उद्देश्यले यस प्रकारका गतिविधि गरिरहेको अब कसैबाट लुकेको छैन। माओवादका नाममा रगतको खोलो बगाउँदा पनि नेपाली समाज विखण्डित नभएपछि जातीय एवं धार्मिक द्वन्द्वका नाममा पुनः हिंसात्मक द्वन्द्व मच्चाउँदै देश र समाजलाई विखण्डन गर्ने नियतले सक्रिय रहेका बाबुराम नेपाल र नेपालीका सबैभन्दा ठूला छद्मभेषी दुश्मन हुन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ। यो सत्य बुझ्दै गएकाले नै बाबुरामको धर्मद्वेषी कुकृत्य र अभियान विरुद्ध देशव्यापी रुपमा विरोधको लहर उठ्न थालेको हो।
यसलाई अझ सशक्त बनाउँदै हिन्दू आस्था माथि प्रहार, धार्मिक विखण्डनको प्रयास तथा धार्मिक-सामाजिक द्वन्द्व निम्त्याउने षडयन्त्र गरे वापत बाबुरामलाई देशको कानून बमोजिम तत्काल गिरफ्तार गरी सजाय दिनुपर्छ र आगामी दिनमा उनलाई सामाजिक एवं राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइनु जरुरी छ। नेपाल डेमोक्रेट युनियन नेपाली जनताको यस अभियानमा ऐक्यबद्धता जाहेर गर्दछ।
हिन्दू-बौद्ध धार्मिक आस्थाप्रति घृणा एवं अनास्था फैलाउने धर्मद्वेषी बाबुराम भट्टराई एक्लो व्यक्ति नभएर नेपाली कम्युनिष्टहरुका एक प्रतिनिधि मात्र हुन्। समग्रमा नेपाली कम्युनिष्टहरु र नेपालका कम्युनिष्ट पार्टीहरु नै देशमा धार्मिक-सामाजिक द्वन्द्व निम्त्याएर नेपाली समाज र नेपाललाई बिखण्डन गर्ने-गराउने गुरुयोजना अन्तर्गत सञ्चालित छन्। राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, धर्म एवं संस्कृतिलाई तहसनहस पार्ने यो षडयन्त्रका मतियारलाई नेपाली जनताले माफी दिने छैनन्। नेपाललाई कम्युनिष्ट विहीन नपारेसम्म नेपाल र नेपालीको भविष्य उज्यालो हुन सक्ने छैन र राष्ट्रियता एवं लोकतन्त्र कदापि सुरक्षित हुन सक्ने छैन।
नेपाल डेमोक्रेट युनियन नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारलाई बाबुराम भट्टाराईलाई तत्काल गिरफ्तार गरी दण्डित गर्न र नेपालका कम्युनिष्टहरु प्रति कडा नीति अख्तियार गर्न आग्रह गर्दछ । अन्यथा धर्म-संस्कृति एवं लोकतन्त्रप्रेमी नेपाली जनताले यो सरकारलाई पनि माफ गर्ने छैनन्। नेपाली काँग्रेस पनि कम्युनिष्ट झै धर्मद्वेषी ठहरिनेछ र नेपाली जनताले उसलाई पनि क्षमा दिने छैनन्। धर्मविरोधी षडयन्त्रको बहुआयामिक गम्भीरतालाई बुझी सरकारले यस घटनामा तत्काल कारवाही नगरेमा नेपाली जनताको बढ्दो आक्रोश सामु स्वयं सरकार धेरै दिन टिक्न सक्ने छैन भन्ने चेतावनी दिन चाहन्छु।

