जसपाले भदौ १ देखी मंसिरसम्म पार्टी सुदृढीकरण तथा जागरण अभियान सन्चालन गर्ने



काठमाडौँ । जसपाले पार्टी सुदृढीकरण तथा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बिहीबार बसेको जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले संगठन सुदृढिकरण तथा जागरण अभियान २०७८ पारित गरेको हो ।

भाद्र १ गतेदेखि सुरु हुने अभियान मंसिर मसान्तमा सकिने नेता डम्वर खतिवडाले जानकारी दिए । अभियानका क्रममा समायोजन, सुदृढिकरण, जागरण लगाएतका गतिविधी हुने उनले बतए ।

यसैगरी बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । बैठकले पार्टीमा आउन सक्ने समस्या छानविनका लागि नेता नवराज सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको खतिवडाले बताए ।

उनले जसपाको अर्को पक्षलाई कारवाही नगरेको र उनीहरु आफै आधिकारीक पक्षमा नआएको जिकिर गरे । उनले सरकारमा जाने बिषयमा भने केही दिनमा टुङ्गो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्