सर्बोच्च अदालत पुग्यो जनता समाजबादी पार्टीको विवाद
काठमाडौं। जनता समाजवादी पार्टीको आन्तरिक विवाद अब अदालत प्रवेश गरेको छ।

अध्यक्ष महन्थ ठाकुरले शुक्रबार निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि सो पार्टीको विवाद अदालत पुगेको हो।
दल सम्बन्धी ऐनको दफा ५१ बमोजिम अद्यावधिकका लागि आफुले दिएको निवेदन अस्वीकार गरी अर्का अध्यक्ष यादवले दफा ४४ (१) अनुसार दिएको निवेदनमाथि सुनुवाइ गरेको गैरकानुनी भएको जिकिर गर्दै ठाकुरले आयोग विरुद्ध रिट निवेदन दायर गरेका हुन।
हेरफेर गरिएको कार्यकारिणी समितिलाई मान्यता नदिएको आयोगको आदेश बदर हुनुपर्ने उनको माग छ।
आयोगले कार्यकारिणी समितिमा गरेको हेरेफेरलाई मान्यता नदिएर पुरानै समितिका सदस्यहरूलाई हस्ताक्षर सनाखतका लागि बोलाएको थियो । आयोगले बिहीबार पार्टीका केन्द्रीय कार्यकारिणी परिषदका सदस्यलाई सोमवार आधिकारिकता टुंग्याउन आफ्नो आधिकारिक परिचयपत्र लिएर आउन भनेको छ।
दुवै पक्षलाई राखेर छलफल गराउँदा सहमति नजुटेपछि आयोगले इजलास नै गठन गरेर आधिकारिकता विवाद छिनोफानो गर्ने प्रक्रिया सुरु गरेको थियो। जसपामा ५१ सदस्यीय कार्यकारिणी परिषद छ।

