मुलुकको अस्तित्व रक्षाका लागि संघीयता र धर्मनिरपेक्षता खारेजी अनिबार्य : अध्यक्ष निरौला

काठमाडौ। नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले बर्तमान राजनीतिक संकटको जड नै २०७२ सालमा संबिधानसभाका नाममा जारी गरिएको संविधान भएको आरोप लगाएका छन् ।

जनताको दुहाई दिएर वैदेशिक शक्तिको चाहना पूरा गर्ने दस्तावेजलाई संविधान स्वीकार गर्न नसकिने बताउंदै निरौलाले त्यसलाई पुनर्लेखन गर्नुपर्ने बताए ।आइतबार माइतीघर मण्डलामा आयोजित नयाँ विचार, नयाँ नेतृत्व र आधुनिक विकासका लागि आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै अध्यक्ष निरौलाले यो सविधानले राष्ट्रिय अस्तित्वको रक्षा गर्न नसक्ने तर्क समेत गरेका थिए।
अहिले राष्ट्रिय अस्तित्व खतरामा रहेकाले त्यसको रक्षाका लागि आफ्नो पार्टी निरन्तर लड्दै आएको स्पष्ट पार्दै निरौलाले राष्ट्रिय अस्तित्व रक्षाका लागि संघीयता र धर्मनिरपेक्षता खारेजी अनिबार्य सर्त भएको धारणा राखेका थिए। राजतन्त्रसहितको प्रजातान्त्रिक व्यवस्था हुनु समाजबादी कांग्रेसको मुख्य माग रहेको उनले बताए।
मुलुकमा भ्रष्टाचार संस्थागत हुंदै गइ रहेकोप्रति चिन्ता व्यक्त गर्दै निरौलाले राजनीति नेतृत्व यसमा जिम्मेवार रहेको आरोप पनि लगाए । राज्यको उपल्लो तहमा बसेका व्यक्तिहरूबाट भ्रष्टाचार हुने गरेको दावी उनको थियो।देशको प्रधानमन्त्री र मन्त्रीले भष्टाचार गरेको तर कार्बाही भने सामान्य कर्मचारीलाई गर्ने गरिएको भन्दै देशका सबै तहमा अराजकता बढ्दै गएको उनले बताएका छन् । भ्रष्टाचार अन्त्य गर्नका लागि मन्त्री प्रधानमन्त्री नै लाग्नु पर्ने उनको तर्क थियो । कर्मचारीलाई देखाएर राजनीति नेतृत्व उम्कन नहुने उनले बताए । मन्त्रीहरूको संलग्नताबिना सामान्य कर्मचारीले केही पनि गर्न नसक्ने उनको भनाइ छ ।
।
देशको अस्तित्व जोगाउनका लागि । अरुले ठूला ठूला होटलमा कार्यक्रम गर्ने गरेको भन्दै आफूहरू जनताको साथमा सडकमा रहेको उनले बताए । जनतालाई जागरुक बनाउनका लागि पार्टी सधैँ लागिरहेको उनको दाबी थियो ।

