यथास्थितिमा कोहि पनि सुरक्षित नरहेको एमाले नेता भुसालको भनाई



काठमाडौँ।  नेकपा एमालेका नेता तथा सांसद घनश्‍याम भुसालले यथास्थितिमा कोहि पनि सुरक्षित नरहेको बताएका छन् । सामाजिक सञ्‍जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौँ । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौँ’ भुसालले लेखेका छन् ‘हामी उठ्छौं, धुलो टक्टक्याउँछौं र अगाडि बढ्छौं ।’

एमालेमा माधवकुमार नेपाल समूह र अध्यक्ष केपी शर्मा ओली समूहका गरी २२ सांसदले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । तर नेपाल निकट भएर पनि भुसालले भने विश्‍वासको दिएनन् ।

प्रतिक्रिया दिनुहोस्