मुख्य हस्तीहरुले छोडे माधव नेपालको साथ

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडानमा कायम रहेपछि माधव नेपाल समूहका मुख्य चार हस्तीहरुले उनको साथ छोडेका छन् ।
एमाले माधव पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू नेपाल समूहको निर्णय बिपरित मतदानमा सहभागी नहुने निर्णय गरेको बताईएको छ।उनीहरूसहित १५ जना नेपाल समूह का सांसदहरुपनि देउवालाई मत नदिने निर्णयमा पुगेको बताईएको छ।

उनीहरूले पार्टी एकतालाई जोगाउन विश्वासको मतको पक्ष र विपक्षमा कतै नउभिने निर्णय गरेको बताइएको छ। यसअघि माधव नेपाल पक्षीय नेताहरूको बैठकमा भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखे पनि तर, अर्का नेता घनश्याम भुसालले त्यसो गर्न नहुने बताएपछि रावलले सांसद पदबाटै राजीनामा दिएका थिए ।
रावलको राजीनामापछि नेपाल पक्षका नेताहरूले देउवाको पक्षमा मतदान गर्ने कि तटस्थ बस्ने भन्नेबारे छलफल गरेका थिए । यस क्रममा स्थायी कमिटीका नेता योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले पार्टी एकता बचाउनका लागि तटस्थ बस्ने निर्णय गरे । अन्ततः भुसालले पनि आफ्नो टिम नछोड्ने भन्दै तटस्थ बस्ने निर्णय गरेको श्रोतको भनाई छ।

