बदलिँदो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कर्णजित नेतृत्वको माओवादी केन्द्रको बैठक भोलिदेखि



काठमाडौं/ कर्णजित बुढाथोकी “सुशील“ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बदलिँदो राजनीतिक परिवेशसँगै समसामयिक विषयमा छलफलका लागि बैठक बोलाएको छ । पार्टी सचिव अरुण घिसिङले दिएको जानकारी अनुसार सो पार्टीले सोमबार पोलिटब्यूरो (राजनीतिक परिषद्) र मंगलबार केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकमा बदलिंदो राजनीतिक परिघटनाका साथै पार्टीको भावी कार्यक्रमका विषयमा गम्भीर छलफल हुने सचिव घिसिङको भनाई छ । कोभिड–१९ को महामारीका कारण जारी निषेधाज्ञाले रोकिएका पार्टी गतिविधिहरुलाई पुनः क्रियाशील बनाउन लागिएको हो । पछिल्लोपटक पूर्व माओवादीहरुबीच भईररहेको एकताका प्रयासहरु बारेमा पनि पार्टीमा बृहत छलफल हुने घिसिङले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्