एमाले स्थायी समिति बैठक भोलि र केन्द्रीय समिति बैठक पर्सि बस्ने

काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाएको छ । एमालेले भोलि आइतबार स्थायी समिति र पर्सि सोमबार केन्द्रीय समितिको बैठक बोलाएको हो ।

भोलि आइतबार बिहान ११ बजेका लागि स्थायी समितिको बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेर बहादुर तामाङले बताएका छन् । भोलि संघीय संसदको पनि अधिवेशन रहेकाले स्थायी समिति बैठक मात्रै राखिएको तामाङले बताए ।
केन्द्रीय कमिटीको बैठक भने पर्सि सोमबारका लागि बोलाइएको तामाङले जानकारी दिए । सोमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्ने उनले बताए ।

