कांग्रेस पदाधिकारी बैठक केहि बेरमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पार्टी पदाधिकारीको बैठक बोलाएका छन् ।

पूर्व पदाधिकारी पनि सहभागी हुने बैठकमा क्रियाशील सदस्यता छानविन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घटनाबारे छलफल हुने एक नेताले जानकारी दिए । बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

