सहमति कार्यान्वयन गरेर अगाडी बढन एमाले दोश्रो पुस्ताका नेता सहमत

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माध नेपालपक्षीय नेताहरु केही दिनअघि एकता कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा एक भएका छन् । शनिबार बिहान सिंहदरबारमा छलफल गरेपछि दुबै पक्षका नेताहरूले यस्तो निष्कर्ष निकालेका हुन् ।

नेपाल पक्षका नेता गोकर्ण विष्टले आफूहरु कार्यदलको सहमति कार्यान्वयनमा छलफल अघि बढाएको बताए । ‘हामी पार्टी एकताका लागि अनौपचारिक छलफल गर्न भेला भएका हौँ,’ उनले भने, ‘आम नेता तथा कार्यकर्ताको चाहना पार्टी एक होस् भन्ने छ । त्यसका लागि हामीले प्रयास जारी राखेको हो ।’
विवाद कायमै रहेका बेला नेकपा एमाले प्रमुख प्रतिपक्ष बनेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन गर्ने या नगर्ने भन्नेमा पनि एमाले विभाजित छ । नेपाल पक्षका अधिकांश नेताहरु संसद बचाउन सरकारमा जानु पर्ने पक्षमा छन् भने ओली पक्षले सरकारलाई समर्थन नगर्ने र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

