महान्यायाधिवक्तामा बाजुराका खम्मबहादुर खाती नियुक्त



काठमाडौं । महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाजुरा स्थायी घर भएका खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

सर्वोच्चको आदेश अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीमबाट पदमुक्त भएपछि रमेश बडालले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । सोही रिक्त रहेको पदमा देउवाले खातीको नाम सिफारिश गरेका थिए ।

उनलाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्