कार्यसूचीमै प्रवेश नगरी कर्णाली प्रदेशको अधिबेशन अन्त्य,बजेट अध्यादेशबाट पारित हुने
कार्यससूचीमा प्रवेश नगरी कर्णालीमा प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३० गते राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई पत्र पठाएको हो । सोही सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेबाट चालु आठौं अधिवेशन अन्त्य गरेका छन् ।

बुधबार पनि आठौं अधिबेशनको अठारौं बैठक पनि एमालेले अवरुद्ध गरेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेले बैठक चल्न नदिएपछि कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट पारित गर्ने भएको छ ।

