कांग्रेस महाधिवेशन : सशांक निवास टोखामा शुक्रबार कांग्रेस केन्द्रीय सदस्यहरुको भेला



काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित रहेर आज कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सिबारी ठमेलमा कांग्रेस उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला र कांग्रेस पर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफल सम्पन्न भएको छ।

नेताहरुबीच छलफलको दायरालाई फराकिलो बनाउँदै जाने सबैसँग कुराकानी गर्दै जाने कुरामा तीनै जना नेता सहमत भएका छन्। आगामी शुक्रबार महामन्त्री शशांक कोइराला निवास टोखामा पार्टीको १४ औं महाधिवेशनका सभापतिका प्रत्यासी बाहेक केन्द्रीय समितिका सदस्यहरुसँग छलफल गर्ने र त्यसपछि सभापतिका प्रत्यासी नेताहरुसँग छलफल गर्ने भएका छन् ।
साथै महाधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गराउनसमेत नेताहरु एकमत देखिएका छन् । क्रियाशील सदस्यको विवाद पनि विधि प्रक्रिया अनुरुप समयसीमाभित्र नै सम्पन्न गराउने कुरामा समेत नेताहरु एकमत रहेका छन् । तीन नेताको भेटघाटले देशभरका कार्यकर्ता माझ देखिएको उत्साहलाई ध्यान दिँदै आफूहरु अगाडि बढ्ने नेता प्रकाशमान सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्