प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी पक्षका कानुन ब्यबसायीको बहस ७ घण्टा ५५ मिनेट बांकी



काठमाडौ।प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबारको सुनुवाई सकिएको छ। सरकारको पक्षबाट मंगलबार चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन्।

सरकार पक्षले आफूलाई संवैधानिक इजलासले छुट्याइएको समय मध्ये ६ घन्टा ५ मिनेट बहस गरेका छन् भने अब ७ घण्टा ५५ मिनेट बाँकी रहेको जनाइएको छ।

मंगलबार नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा। टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका छन्।

सरकार पक्षलाई छुट्याइएको १५ घण्टा मध्ये १ घण्टा सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीका लागि छुट्याइएको छ।

प्रतिक्रिया दिनुहोस्